असङ्गठित शब्दहरू

भिडको बिचमा म एक्लो कोलाहलको एकान्ततामा रमाउँदै  विगतका तिता मिठा क्षणको सँग् आफूलाई अल्मल्याँउदै

सपना सुन्दर भविष्यका

त्रास घना अन्धकारको

निर्दयी संसार यो, नाच्छ गीतमा मेरो हाहाकारको


गन्जागोल दिमाग बाट 

निस्किएका धारा प्रवाह यी शब्दहरू 

खोजी रहेछन् दिशा एउटा

सुमधुर तरङ्‌गको


आँसुको तातो दहमा

नुहाई रहेका भावनाहरू 

यो मान्छे हरूको जङ्गलमा

हराएका सपना हरू

तुहिएका चहानाहरु 

बिलाएका आँसुहरू ।


1 Comments

  1. लौ प्रयास राम्रो छ ।

    ReplyDelete
Previous Post Next Post

Contact Form