कविता कोर्न मन लाग्यो

आज किन किन कविता लेख्न मन लाग्यो , मनका अनगिन्ती भावना हरू 

अक्षरमा समेट्न मन लाग्यो 

आज कविता लेख्न मन लाग्यो ।  


आज मुटु भारीको वेदना,

कापीमा पोख्न मन लाग्यो,

आज आँखा भरिका सपना 

शब्दमा उतार्न मन लाग्यो 

आज किन किन, कविता कोर्न मन लाग्यो 


ती सुन्दर पलहरूका असङ्ख्य हर्ष

ती रमाइला समयका अनगिन्ती सपना

र सबै नकाम-निष्क्रिय हुँदाको असह्य वेदना

सबैलाई कापीमा कोर्न मन लाग्यो 

आज किन किन कविता लेख्न मन लाग्यो


हाँसो-रोदन, सुख-दुःख,

मिलन-बिछोडका कथा,

आफ्नो अस्तित्व खोज्नका लागि,

आफै भित्रको भीषण सङ्घर्षको गाथा ,

सबै समेटेर

मसी मा भरेर 

कापीमा पोख्न मन लाग्यो 

आज किन किन कविता कोर्न मन लाग्यो।  



✍️अनु -

२०७८ फाल्गुन १८

टोखा, काठमाण्डौँ 



Previous Post Next Post

Contact Form