गरीबको रगतले पोतिएका भित्ताहरू भएका
मजदुरका कङ्कालका जगमा बनेका महलमा
शोषणको साङ्लो तानेर
सर्वहाराका कङ्कालका तस्वीर हेरेर
उत्पीडितको मासुको सितनसँग
दीनदुःखीका आँशुको मादमा लठ्ठिएर
मोजमस्ती गर्दै गर
देशलाई रणमैदान बनाएर
दाजुभाइबीच कुस्ती चलाएर
जनता मरेको हेरेर
मदहोसी हाँसो हाँस्दै गर
त्यो दिन पनि आउने छ
जब ती कङ्काल उठ्नेछन्
तिम्रा महल गर्ल्याम्–गुरलुम्म ढल्नेछन्
ती खोपडीहरूले तिम्रो निद्रा हराम गर्नेछन्
त्यो रगतको भेल आएर तिमीलाई बगाउनेछ
जब साम्यवादको प्रेत जाग्नेछ
तिमी घरको न घाटको हुनेछौ
जब सर्वहाराका आत्मा जाग्नेछन्
✍️अनु
२०८२ कार्तिक १३
Tags:
Poem
