जब नाजीहरू आए तब उनिहरू कम्युनिष्ट खोज्दै आए र म चुप बसेँ किनकि म कम्युनिष्ट थिइन
अनि तिनिहरू ट्रेड युनियनवादी खोज्दै आए
र म केही बोलिन
किनकी म ट्रेड युनियनवादी थिइन
जब उनिहरू समाजिक लोकतन्त्रवादी थुन्न आए
म अझै केही बोलीन
किनकि म समाजिक लोकतन्त्रवादी थिइन
अनि तिनिहरू यहुदी खोज्दै आए
म अझै चुप बसेँ
किनकी म यहुदी थिइन
अनि तिनीहरू क्याथोलिक खोज्दै आए
म अझै केही बोलिन
किनकी म त प्रोटेस्टेन्ट थिएँ
जब तिनिहरू मलाई खोज्दै आए
तब मेरो लागी बोलिदिने
कोही बाँकि थिएन
Tags:
Poem Translations