त्यो देश,
जहाँका कानुन मेरा लागी हैन मेरा विरुद्ध लेखिन्छन्
म माथि भएको अत्याचारलाई न्यायोचित ठहराउँछ
जहाँ मेरा लागी हैन म माथि शासन हुन्छ
त्यो देश
त्यो देश मेरो कसरी हुनसक्छ ?
जहाँ शासकहरूको तिर्खा मेरो रगतले मात्र मेटिन्छ
जहाँ महामहिमहरूको पेट मेरा मासुका चोक्टाले मात्र भरिन्छ
जहाँ पसिना मेरो बग्छ तर मस्ती मेरो शोषकले ,गर्छ
त्यो देश
त्यो देश मेरो कसरी हुनसक्छ ?
म अन्न फलाउँछु तर दुई छाक खान मलाई नै पुग्दैन
म जुत्ता सिलाउँछु तर मलाई नै एक जोर चप्पल लगाउन पुग्दैन
म महल ठड्याउँछु, तर मेरै घरमा पानी छेक्ने छानो छैन
म कागज बनाउँछु तर किताब मेरै छोरा छोरीले पढ्न पाउँदैनन्
मैले दिनरात पसिना बगाएर शोषकलाई पोस्नुपर्ने देश,
यो देश मेरो कसरी हुन सक्छ ?
मलाई जन्मँदै हातमा कपडाको एउटा टालो थमाए
र भने गर्व गर यसमा, यो तेरो झण्डा हो
मलाई जन्मँदै एउटा जनावर देखाए
र भने पूजा गर् यसलाई यो तेरी आमा हो
मेरी आमालाई पशु बनाएर, पशुलाई आमा बनाउने
आमाले छोएको खाना खान नदिने तर पशुको मूत्र पनि खान लगाउने
यो देश
यो देश मेरो कसरी हुन सक्छ ?
मेरी आमालाई पशु बनाएर, पशुलाई आमा बनाउने देश
यो देश मेरो कसरी हुन सक्छ ?
जहाँ मेरो आशुको लतमा मेरा उत्पीडक हरू रमाउँछन्
मेरा न्यायको गुहार सुन्दै मेरा पिडक खितखित हाँस्छन्
जहाँ मेरा पसिना को नसामा मेरा शोषक हरू लट्ठ बस्छन्
त्यो देश मेरो कसरी हुन सक्छ ?
जहाँ मेरा लागी हैन म माथि शासन हुन्छ
जहाँका कानुन मेरा लागी हैन मेरा विरुद्ध लेखिन्छन्
जहाँको न्यायालयले नै
म माथि भएको अत्याचारलाई न्यायोचित ठहराउँछ
त्यो देश मेरो कसरी हुनसक्छ ?
यो देश
यो देश मेरो कसरी हुन सक्छ ?
यो देश मेरो कहिले हुन्छ?
।।
यो देशलाई मेरो पनि बनाउने अठोट र सङ्कल्प सहित

Tags:
Poem