काठमाण्डौँका सडक

 


काठमाण्डौंका सडकमा भेल, हिजो पनि बग्थ्यो, आज पनि बग्छ तर आज त्यो भेलमा दीन दुःखिका आँशु मिसिएका छन

काठमाण्डौंका सडकमा खाडलहरु
हिजो पनि थिए
आज पनि छन्
तर आज ती खाडलहरूमा
गरिखाने जनताका रगत जमेका छन
मजदुरहरूको झुपडीमा
चुल्हो हिजो पनि बल्थेनन्
आज पनि बल्दैनन्
तर आज ती झुपडीमा डोजर चल्छन्
जनताका आँखाबाट आँशु
हिजो पनि खस्थे
र आज पनि खस्छन्
तर आज जनताका
ढाडमा सुम्ला थपिएका छन्
टाउकामा बुटहरू बज्रिएका छन्
काठमाण्डौंमा गुण्डाहरुले शासन
हिजो पनि गर्थे
आजपनि गर्छन्
तर हिजो ती गुण्डाहरु गुण्डा थिए
आज ती गुण्डा भगवान छन।
Previous Post Next Post

Contact Form