म ‘उडेर’हैन, चढेर माथि पुगेको
आफ्नै परिश्रमले दु:ख गरेर माथि पुगेको
कसैको टाउको, कसैको ढाड़ र कसैको भूँडी
मानिसको शरीर माथि टेकेर माथि पुगेको
म आफैं चढेर माथि पुगेको
मलाईं यहा कसैले यहाँ पुगाएको हैन
मानिसहरु लाई किल्चिएर माथि पुगेको
म चढ्दै जाँदा कति मान्छे पछारिए, कति भैंमा बाजारीए
मानव सीढीँ को संतुलन कत्ति पटक बिग्रियो
तै पनि म आफ्नो संतुलन मिलाएर माथि पुगेको
म आफ्नै मिहेनतले यहाँ सम्म पुगेको
मैले किल्चिएर, सयौंको ज्यान गयो त के भयो,
हजारौं घाइते भए र लाखौंले सास्ती पाए त के भयो
मैले त त्यो सब आफूँ माथि पुग्न पो गरेको
मैले त यो उचाई हासील् गर्न पो गरेको
मलाईं कसैले राखी दिएर हैन, म आफ्नै मिहेनतले माथि आई पुगेको
1 Comments
Why Baccarat is A Scam - FaBCasino
ReplyDeleteIs there choegocasino an online 샌즈카지노 casino where Baccarat games are legal? Baccarat game dealers are prohibited from playing 바카라 Baccarat for cash prizes,