कविता: गन्तव्यहिन बाटो



Just a disclaimer before you read, if you dunno what डुकु is it is डुलुवा कुकुर and that's technically you if you skipping the read
म हिँड्दैछु,
म हिंड्दैछु, गन्तव्य बिनाको बाटोमा।
कतै पुग्छु, पुग्दिन मलाई थहा छैन
किन हिँड्दैछु, मलाई पत्तो छैन
त्यै पनि, डुकु झैँ लुखुर लुखुर आफ्नै सुरमा
म हिँडिरहेको छु, गन्तव्य बिनाको बाटोमा
भोकले पेट कुईँ कुईँ कराउदै छ,
प्यासले घाँटी सुखेर सुख्खा भा'छ,
न त कतै पुग्ने छाँट्काँट छ, न त आशा नै छ
त्यै पनि, डुकु झैँ लुखुर लुखुर आफ्नै सुरमा
म हिँडिरहेको छु, गन्तव्य बिनाको बाटोमा ।
म कता पुग्ने हुँ, कुनै टुङ्गो छैन
जता बाट आको, तेता फर्कनु छैन
यहीँ बसेर भोकै प्यासै मर्नु पनि छैन
न त कुनै महत्वाकांक्षा , न उद्येश्य
डुकु झैँ लुखुर लुखुर आफ्नै सुरमा
म हिँडिरहेको छु, गन्तव्य बिनाको बाटोमा
प्रकाश त मेरो वरिपरि छ,
तै पनि बाटो अँध्यारो छ ।
खानेकुरा त मेरो चारैतिर छ,
तै पनि मेरो पेट भोको छ।
भोकै र प्यासै आफ्नै सुरमा
लुखुर लुखुर हिँडिरहेको छु, गन्तव्य बिनाको अँध्यारो बाटोमा
मेरो यसरी हिँड्ने न त बाध्यता हो , न त रहर,
न त कसैको प्रलोभन, न त कसैको कर,
विवशता हैन, आफैँ हिडेको भनेर भ्रमले चित्त बुझाँउदै
डुकु झैँ लुखुर लुखुर आफ्नै सुरमा
म हिँडिरहेको छु, गन्तव्य बिनाको बाटोमा।

Post a Comment

0 Comments