DENIAL (इन्कार)

 

झल्याँस्स,

मलाई बिउझनै थिएन किन बिउँझाएउ?
त्यो तेति मिठो सपना, एक्कासी हरायो,
सपनाका सुन्दर् सडक विपनामा कतै छैनन्
ति सपनाका सुन्दर महलहरु, विपना मा कतै छैनन्
त्यो सुन्दर् हरियाली, खै कतै छैन, किन छैन?

तिमिले ढाँट्यौ मलाई,
म जहाँ थिए, त्यो नै यथार्थ थियो
मैले जे सपना देखेँ त्यो नै सच्चाई थियो,
तिमिले देखाएको सपना, त्यो सुन्दर सहर,
त्यो सुन्दर सहर, मानौँ युटोपिया
त्यो नै यथार्थ थियो
यो कठोर् विपना लाई यथार्थ भनेर मलाई भममा पार्न नखोज
त्यो सपना नै साँचो हो, म सँग् झुटो नबोल

जोसुकैले जेसुकै भनोस्, त्यो प्यारो सपना नै यथार्थ हो
यो उजाड् मरुभुमी साँचो हुनै सक्दैन
यो बाँझो जमिन् अनि कच्चि सडक
यो बर्षामा(बर्खा) पानि र हिउँदमा चिसो नछेक्ने घर्
यो विरानो संसार, यो सत्यता हुनै सक्दैन,
त्यो तेति उन्दर् सहर्, तेति मिठो सपना
त्यो तेति राम्रो सन्सार् र तेति शितल् हावा,
भ्रम हुनै सक्दैन,

तिमि मसँग झुटो नबोल,
तिमि मलाई भ्रम मा पर्न नखोज
त्यो तेति मिठो सपना झुटो हुनै सक्दैन
जोसुकै के जेसुज्कै भनोस्, त्यो सपना नै साँचो हो
अनि यो कठोर् र क्रुर् विपना नै झुटो हो,
कसैले भन्दै मा यथार्थता बदलिन नै सक्दैन
तिमि मसँग झुटो नबोल, मेरो सपना भ्रम हुनै सक्दैन
Previous Post Next Post

Contact Form