आवाज विहिनको आवाज हो रे कविता
तर म त आवाजविहिन् अनि काव्यहिन्
शब्द विहिन् अनि संगितहिन
न त मलाई चित्र कोर्न नै आउछ
न त सङ्गित रच्न नै
त्यै पनि ,
सानो तिनो सर्जक त म पनि हुँ
सृजना गर्न त मलाई नि आउछ
रचना रच्न त मलाई नि आउछ
सानो तिनो सर्जक त म पनि हुँ
सृजना गर्न त मलाई नि आउछ
रचना रच्न त मलाई नि आउछ
भावनाका बर्षा त मेरा नि हुन्छन्
भलै शब्द को भेल झार्न नजानौला
चित्रका लहर कोर्न नजानौला
तर आँखा बाट अश्रुधारा स्खलित पार्न मलाई ति आउँछ
भावनाको सागरमा तैरीन मलाई नि आउँछ
ति कल्पनाका पोखरी रचेर ,
अनि काल्पनिक परिस्थिती सर्जेर,
खुशीमा रमाउन त मलाइ पनि आउँछ
आशुमा आहाल खेल्दै
रोदनमा पौडीन मलाई पनि आउँछ
लख्न नजानेर के भो र
सानो तिनो सर्जक त म पनि हुँ
कोर्न नजानेर के भो र
सानो तिनो रचनाकार त म पनि हुँ
सिर्जना सर्जन मलाई पनि आउछ
आशुमा आहाल खेल्दै
रोदनमा पौडीन मलाई पनि आउँछ
Tags:
Poem