IOE Examination, what next? a confused student's plea



कसैलाइ के धन्दा कसैलाइ के धन्दा घर ज्वाइँलाइ खानकै धन्दा,

सारा दुनियाँ आक्रान्त छ, कोभिड-१९को विश्वव्यादले, हाम्रा ई.अ.स का DEAN लाई परिक्षाकै हतार छ। हो परीक्षा गराउन पर्थ्यो,र सकेसम्म पर्छ, विद्यार्थीले कहिल्यै पर्छ भन्दैनन तर पर्छ । तर सबै कुरा परिस्थिति हेरेर हुन्छ। हामी कहाँ २०-३०% उत्तिर्णता प्रतिसत भएका परिक्षामा सिस्टम फेल भाको हो कि विद्यार्थी, पहिलो प्रश्न सधैं त्यसैमा उठ्ने गर्छ, जब उत्तिर्ण हुनेको दोब्बर-तेब्बर अनुत्तीर्ण हुन्छन, यो प्रश्न स्वभाविक हो र जायज पनि । त्यै पनि रहेको सिस्टम सबैले मान्नै पर्यो, संस्थानले देशको शिक्षा व्यवस्था फेर्न सक्दैन हामीले स्विकार्न पर्छ। अहिलेको परिक्षणिय प्रथालाई समयानुकूल र अझ व्यवहारीक बनाउनु अवश्यक्ता नै भएको छ। जब हामी सँग एस्तो सिस्टम छ र परिक्षा गराउन उपाए छैन तब बिकल्प खोज् पर्छ म पेपरमै तीन घन्टा लामो लिखित परीक्षा लिन्छु भन्ने हठ हैन।


इ.अ.स. देशकै प्राविधिक शिक्षाको नेतृत्व गर्छ। प्रविधी सँग यसको पहुँच नजीकको , विभिन्न प्राविधिक कम्पनी सँग साँठगाठ राम्रो छ, देशकै उत्कृष्ट बौद्धिक क्षमता भएका जनशक्ति उत्पादन गर्छ । जब ई.अ.स. ले प्रबिधिकिकरण अपनाउन सक्दैन तब कसैले सक्दैन। कुरो गार्है होला तर लिटेरेचर रिभ्यु, रिपोर्ट लेखन, Online MCQ र video viva जस्ता कुरा अन्तर्जाल को समस्या समाधन गरे असम्भव देखिँदैन,। NCELL ले दिने स्कोलरसीप हरु एता पो खर्चिने हो कि? आवश्यकता ठूलो कुरो हो,आवश्यकता अनुसार श्रोत परिचालन गर्न सकिँदैन र?

साउन मा परिक्षा गराउने प्लान छ plan F हो क्यारे, सरकारको प्रतिवेदन अनुसार साउनमा संक्रमितको curve चुचुरो मा पुग्छ। क्याम्पस या परिक्षा केन्द्र पुगुन्जेलको जीम्मा कसको? कर्णाली को हुम्ला बाट , ताप्लेजुङको ओलाङ्चुङ्गगोला बाट झापाको केचाना बाट र सुदुरपश्चिमको दोधारा चाँदनी बाट, उत्तरमा सगरमाथा बाट दक्षिणमा सुस्ता बाट, सबै तिरका विद्यार्थी काठमाँडौ सुरक्षीत आउन सक्छन् भन्ने के ग्यारेन्टी। अनि काठमाडौ आएसी उचित क्वारेन्टाइन, चाहियो होला atleast परीक्षा केन्द्र सम्म परिक्षाका सबै दिन पुग्ने व्यवस्था मिलाउन पर्यो। पुल्चोक क्याम्पस या थापाथली क्याम्पस मात्र हैन पाँचवोटै आङ्गिक र दशवटै सम्बन्धन प्राप्त कलेजमा यो गर्न पर्यो। सबै विद्यार्थीको उचित स्वास्थ परिक्षण, परीक्षा सामाग्री , स्वास्थ सुरक्षा सामाग्री चाहिएला, त्यसको जीम्मा? त्यसै कोरोनाको त्रास माथी परिक्षाको तनाव कस्तो होला? यो सब छाडौँ सबैथोक इ.अ.सं. ले व्यवस्थापन गर्यो रे चाहे त्यो खर्चमा विद्यार्थीलाई घर घरमा वाईफाइ जोडिदिन र थपथाप पारेर android किन्दिनै किन नपुगोस। खर्च गरेर परिक्षा हुने भयो, के सामाजिक दुरि बाट मात्र रोकिन्छ कोरोना?Examination paper, question paper, अनि सामाजिक दुरि कायम गर्न खोज्दा खोज्दै रहने असमर्थता, या हुन सक्ने अनियमित्ता ?

ल परीक्षा सफल भयो रे, छमहिना मा नसकिने किताब तिनमहिना मा सकिन्छ? बिदा घटाएर तनाब थप्ने बाहेक अरु उल्लेखनीय उपलब्धि होला जस्तो लागेन। अनि बिदा पनि घटाएछी र दैनिक पाठ्य घन्टा पनि बढाएछी विद्यार्थी कति खेर पढ्ने, lab report कहिले बनाउने, पहिलेको तालिकामा त ल्याब रीपोर्ट र homework के र के भनेर भ्याउन हम्मे हम्मे पर्थ्यो भने अझै कसरी ह्यान्डल गर्ने। कि चतुररामलिङ्गम मात्र निकाल्ने सोच हो भने फरक कुरो, छ महिना मा नसकिने कोर्स तीन महिना मा सकाएर मात्र हुन्छ? ECA चाहिन्न हामीलाई? हामी प्रयोगात्मक हुन परेन? नयाँ प्लानको हालत देख्दा त लाग्छ कक्षा कोठामै राती सुत्ने प्रबन्ध मिलाईने छ, हुन त हाम्रो लागि गाह्रो कुरो हैन, दिउँसो कक्षाकोठामा सुतेकै हो राती नि सुत्दिम्ला। अनि नेपालका कुन कुना सम्म बाट विद्यार्थी छौं र ती कुनामा दशैंमा सात दिन र तिहार मा चारदिन बिदाले घर पुग्न भ्याईन्छ? बल्ल बल्ल आउने दशैँमा नि घर जान नपाउँदा होमसीक हुने हुने, मानसिक समस्या देखा पर्ने हुदैँन?

हामीलाई भविस्यको चिन्ता छ तर वर्तमानको पनि छ, वर्तमान दाउमा राखेर भविष्य के गर्नु?

म इ.अ.सं. का
आदरणीय जीम्मेवार पदमा आसिन गुरुहरुलाइ एउटा निवेदन गर्न चहान्छु, " सारी उम्र हम् , मर मर के जी लिए , एक पल तो अब हमे, जीने दो जिने दो।"

Post a Comment

0 Comments