म त्यही हुनेछु

 म त्यहाँ हुने छु


जब संसार अँध्यारो हुनेछ

जब प्रकाश हराउने छ 

तब हातमा टुकी लिएर

म त्यहाँ हुनेछु


जब संसार चिसो हुन्छ

जब ताप हराएको हुन्छ

हातमा कोइला बोकेर 

म त्यहाँ हुने छु


जब कोलाहल भीडमा

तिमिहराएको छौं

तिम्रो आउला समाउन

म त्याहाँ आउने छु

म त्यहाँ हुने छु


जब संसार तिम्रो सङ् छ

पछाडि तिर बसेर म नियालिरहेको हुनेछु

म नजिक हुनेछु

म त्यही हुनेछु


जब कोही छैन

तब, म तिम्रो नजिकै आउनेछु

र बस्नेछु

म त्यही हुनेछु


जब तिमी पुकार्छौ म अगी हुनेछु

जब तिमी धिक्कार छौं म गायब हुनेछु

जहा भए पनि

तिमीले खोज्दा

तिम्रो अघि आउने छु

म यही हुनेछु

म त्यही हुनेछु


Previous Post Next Post

Contact Form