POEM: घुसघुसे


Not shy or anti-social, just an introvert



म शब्दहरुको बिचमा निशब्द छु
म वाक्यहरुको बिचमा अवाक् छु ।

शव्दहरुको बिचमा निशव्द
अनि वाक्य हरुको बिचमा अवाक्
शव्दहरुको बिचमा निशव्द
अनि वाक्य हरुको बिचमा अवाक्

हो म यस्तै छु।
मनका खुशी जताउनलाई म संग शव्द छैनन्
मनका कुण्ठा पोख्नलाई म संग वाक्य छैनन्
मसंग वाकस्वतन्त्रता छ, म संग आवाज छ
म संग बोल्ने सहास पनि छ, यद्यपि म आज अवाक् छु।

मलाई शव्दहरुको संसार निकै साँघुरो लाग्छ
मलाई वाक्यहरु निकै नै खुम्च्याइलो लाग्छ
सायद मेरा विचार संगाल्न सक्ने शव्दमा सामर्थ्य छैन
मेरा छरपस्ट भावना उठाउन सक्ने यसमा तागत छैन

म त्यसैले अवाक् छु , म त्यसैले निशव्द छु
म समाज नै न चाहाने असामाजिक कसरि पो हुन् सकौंला र
फेरी म एक्लै ले तेत्रो समाज लाइ चिर्न कहा सक्छु र
सायद समाज ले नै मलाई आँफुमा मिलाउन सक्दैन
मलाइ पनि आँफु संगै डोर्याउन सक्दैन ।

त्यो समाज को कमजोरी हो , जसले मलाइ आँफु मा घुलाउन सकेन
त्यो तिम्रो भाषाअसक्षम , जसले मेरो संचार सहज गराउन सकेन
त्यो तिम्रो चेतको कमजोरी जसले मेरा शव्दको तौल बुझ्न सकेन
त्यो तिम्रो शव्दको गल्ति, जसले मेरा शव्दको भार थेग्न सकेन

तिमि आफ्नो गल्तिको थुप्रो मेरो टाउकोमा थोपरी रह्यौ
म त्यो थुप्रो पन्छाउदै, आफुलाई सच्याउन खोजि रहें

तिमी थोपरी रह्यौ , म पन्छाउन खोजि रहें
तिमी मलाइ दोष दिदै बस्यौ, म सच्याउन खोजि रहें
तिमी थोपरी रह्यौ , म पन्छाउन खोजि रहें
तिमी मलाइ दोष दिदै बस्यौ, म सच्याउन खोजि रहें

म बाट ठुलो भुल भएछ
म निर्दोष रहेछु, मेरो कुनै गल्ति रहेनछ
तिमी त आफ्नो कमजोरी लुकाउन मेरो कमजोरी देखाई रहिरहेछौ
म हुदै नभएको गल्ति सुधार्नमा नै अल्मलीइ रहेछु

म उही तिम्रो समाजले घुलाउन नसकेको, ढुङ्गो
तिम्रो सिद्धान्तमा आटाउन नसकेको, मुर्ति
म तिमी जसरी ''खुलेर'' कुरा गर्ने नसक्ने लाटो
तिम्रै शव्द सापटी लिदा, म त्यो कोठा भित्र थुनिएर बस्ने घुसघुसे ।

Post a Comment

2 Comments

  1. Good poem bro. Keep it up. Also write other poems like this. Don't worry about exam.

    ReplyDelete
    Replies
    1. anonymous bhaera fail banaune pran liera aayeko ko ho feri

      Delete
Emoji
(y)
:)
:(
hihi
:-)
:D
=D
:-d
;(
;-(
@-)
:P
:o
:>)
(o)
:p
(p)
:-s
(m)
8-)
:-t
:-b
b-(
:-#
=p~
x-)
(k)